Comments Add Comment

टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

३ असोज, काठमाडौं । संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पुगेको अवसरमा शक्रबार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी संविधान दिवस  मनाइएको छ ।

संविधान दिवस मूल समारोह समितिले टुँडिखेलमा गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई सहभागी थिए ।

समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गरेका थिए ।  नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गरेको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

हेर्नुहोस् संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रदर्शन गरिएको नृत्य, झाँकी र पुष्पवृष्‍टिका तस्वीर

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment