+
+

लक्ष्मी बैंकको शाखा मोरङको रँगेलीमा र काठमाडौंको कपनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १६:५७

१३ असोज, काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११४औँ शाखा मोरङको रँगेलीमा र ११५औँ शाखा काठमाडोैंको कपनमा सञ्चालनमा ल्याएकोे छ ।

यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

यी नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११५शाखा, २ एक्सेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४०एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६४श्ााखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यो शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारीकर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?