+
+
Shares

सार्क शिक्षामन्त्रीहरुको बैठक नेपालमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २३ गते १९:४०

२३ असोज, काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क)को शिक्षामन्त्रीस्तरीय बैठक नेपालमा हुने भएको छ ।

माल्दिभ्सको राजधानी मालेमा सम्पन्न बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चौथो बैठक नेपालमा गर्ने प्रस्ताव राखेका थिए, जसलाई बैठकले अनुमोदन गरेको छ । समय तालिका भने सचिवालयसँग समन्वय गरेर तय हुने बताइएको छ ।

बैठकले दिगो विकासका लागि सार्क राष्ट्रहरुको कार्यढाँचालाई पनि अनुमोदन गरेको छ भने १० बुँदे माले घोषणा पत्र पनि जारी गरेको छ । घोषणापत्रमा दिगो विकासको लक्ष्य ४ अर्थात शिक्षाका लक्ष्यहरु प्राप्तिका लागि सार्क राष्ट्रहरुबीचको सहकार्यलाई सुदृढ बनाउँदै लैजाने प्रतिवद्धता जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?