Comments Add Comment

सानिमा बैंकको १५औं साधारण सभा सम्पन्न

२९ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले बुधबार १५औं वाषिर्क साधारण सभा सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापुँजीको १० प्रतिशत वोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७५/७६मारु २.२६ अर्व खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु १०९.०६अर्व, कुल निक्षेप रु ९२.२८अर्व तथा खुदकर्जा सापटी रु ८३.४४अर्व रहेको छ ।

आर्थिक वर्ष २०७४/७५को तुलनामा खुद मुनाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश३३.०२, १६.५४, २०.५०, र १८.७८ प्रतिशतले वृद्धि गरेको छ ।

गत असार मसान्त बैंकको वित्तिय परिसूचक अन्तरगत निस्क्रिय कर्जा ०.०८प्रतिशत, पुँजीकोष १३.१९ प्रतिशत, तरलता २२.८७ प्रतिशत, कर्जा निक्षेप अनुपात मासिक औसत ७७.९१ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment