+

विश्व उसु च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

२०७६ असोज  २९ गते १७:३९ २०७६ असोज २९ गते १७:३९
विश्व उसु च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

२९ असोज, काठमाडौं । चीनको संघाई शहरमा आयोजना हुने १५ औं विश्व उसु च्याम्पियनसिपमा नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् ।

असोज ३० देखि कात्तिक ७ गतेसम्म आयोजना हुने विश्व च्याम्पियनसिपमा नेपालका ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल उसु महासंघका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी गराएका छन् ।

११ खेलाडीसहित ५ जना अफिसियलले सहभागिता जनाउने उक्त १६ जना टोलीको नेतृत्व नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङले गरेका छन् । नेपाली टोली असोज ३० गते बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछ । नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को तयारी स्वरुप प्रतियोगितामा नेपालले भाग लिन लागेको हो ।

बुधबार भएको विदाई कार्यक्रममा खेलाडीको हौसला बढाउनका लागि खेलाडीहरुलाई ट्रयाकसुट प्रदान गर्नुको साथै टिमलाई आर्थिक सहयोग पनि गरिएको छ । महासंघका अध्यक्ष बीरबहादुर तामाङले ४० हजार, उपाध्यक्ष नानीबाबु तामाङले २५ हजार र महासचिव ल्हाकपा छिरिङ लामाले २५ हजार सहयोग गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय