Comments Add Comment

बलात्कार गर्न साढे ३ सय किमि पैदल यात्रा

अमेरिकाको इण्डियानापोलिसबाट विस्कन्सिन बीचको दूरी साढे ३ सय किलोमिटर छ । यति धेरै दूरी पैदलै हिँड्ने आँट कसैको होला ? आखिर मनको इच्छा पूरा गर्नका लागि मान्छे जति पनि हिँड्न तयार हुँदो रहेछ ।

३२ वर्षका एकजना पुरूष हिँडेरै इण्डियानापोलिसबाट विस्कन्सिन पुगेका छन् ।

उनी कुनै रेकर्ड कायम गर्न वा पुण्य कमाउन त्यतिधेरै बाटो हिँडेका होइनन् । एक किशोरीलाई बलात्कार गर्नका लागि उनले यसो गरेका हुन् ।

ती पुरुषको नाम टमी ली जेनकिन्स हो । इण्डियानापोलिसमा बस्ने टमले १४ वर्षीया काइली मेरी नामकी एक किशोरीसँग यौन सम्पर्क गर्नका लागि उनले साढे ३ सय किलोमिटर टाढाको विस्कन्सिन पुगे ।

किशोरीसँग उनको फेसबुकमा चिनजान भएको थियो । त्यसपछि फेसबुकमा उनीहरूबीच नियमित कुराकानी हुन थाल्यो । पुरूषले ती किशोरीलाई यौनसम्पर्क गर्नका लागि इण्डियानापोलिस बोलाउन थाले । तर किशोरीले आफू त्यति टाढा आउन नसक्ने बताइन् । त्यसपछि ती पुरुष आफैं किशोरी भएको ठाउँमा पुगे, त्यो पनि पैदलै ।

तर किशोरीसँग यौन सम्पर्क गर्न नपाउँदै उनलाई प्रहरीले पक्राउ गर्यो । किनकि ती व्यक्ति बालयौन दूराचारको अभियोगमा प्रहरीको निरन्तर निगरानीमा रहेछन् । उनलाई पक्राउ गर्नका लागि प्रहरीले स्टिङ्ग अपरेसन गरेको थियो र प्रहरीको उक्त अपरेसनमा ती किशोरीले एजेन्टको रूपमा काम गरेर उनलाई आफू भएको ठाउँमा बोलाउन सफल भइन् ।

विस्कन्सिन आउन पैदल हिँडिरहेका बेला ती पुरूषले बाटोका विभिन्न ठाउँहरूका तस्वीरहरू खिचेर पठाइरहेका थिए । जब उनी विन्नेबागो काउन्टी पुगे, तब प्रहरीले उनलाई गिरफ्तार गर्यो ।

उनीमाथि नावालिगलाई यौन गतिविधिमा फसाउनेलगायतका गम्भीर अभियोग लगाइएको छ । उनको अभियोग प्रमाणित भएमा १० वर्षसम्मको जेल सजाय हुनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment