
३० असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको सपनामा चिनियाँ राष्ट्रपतिको बलियो साथ पाएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताएका छन् ।
ओलीले भूपरिष्ठितबाट भूजडित बनाउने सपना देख्दै आएको र हालै भएको नेपाल भ्रमणमा चीनको बलियो साथ पाएको उनले बताए । मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले भने, ‘यो चिनियाँ राष्ट्रपति सीको मुखबाट सबैले सुन्नुभएकै छ ।’
उनले राष्ट्रपति सीको नेपाल भ्रमण ऐतिहासिक रुपमा सम्पन्न भएको समेत बताए । ‘यो भ्रमणको उपलब्धी मूल्यमा नाप्न सक्दैनौं’, उनले अघि भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4