Comments Add Comment

एनआरएनएको चुनावमा ‘फर्जी मत खसेको’ भन्दै फेरि विवाद

३० असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतदानमा धाँदली भएको भन्दै फेरि विवाद भएको छ । फर्जी मत खसेको दाबी गर्दै केही प्रतिनिधिहरुले विरोध गरेपछि विवाद भएको हो ।

नक्कली परिचयपत्र बनाएर मतदान गरिएको भन्दै केही उम्मेदवार र प्रतिनिधिहरुले अहिले मतदान स्थलमा बिरोध प्रदर्शन गरिरहेका छन् ।

अध्यक्षका प्रत्यासी कूल आचार्य प्यानल समूहका प्रतिनिधिहरुले स्वच्छरुपमा मतदान गर्ने व्यवस्था नभएसम्म बहिष्कार गर्ने चेतावनी समेत दिएका छन् । निर्वाचन गतिविधि निगरानी गर्न सीसी क्यामेरा जडान गरिएकोमा अहिले बन्द गरिएको भन्दै प्रतिनिधिहरुले शंकास्पद क्रियाकलाप भएको आरोप लगाएका छन् ।

तर अमेरिकाबाट आएका एक प्रतिनिधि गौतम दाहालले भने अहिले विवाद नभएको बताए । पत्रकारसमेत रहेका दाहालले भने, ‘अहिले कुनै समस्या छैन, भोट हाल्न सबै लामबद्ध भएर बस्नु भएको छ ।’

भोट होल्नेहरुको लामो लाइन छ । मतदाताहरुको लाइन पार्किङस्थलसम्मै पुगेको छ । खाना खाने समय पनि भएकाले कसैले आलोपालो गरेर लाइनमा बस्ने र खाना खाने पनि गरिरहेका छन् ।

अहिले भोटिङ मेसिनको सट्टा मतपत्र प्रयोग गरी मतदान जारी छ । गएराति विद्युतीय भोटिङ मेसिनबाट मतदान सुरु भएलगत्तै प्राविधिक समस्या आएको भन्दै मतदान स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment