+
+
Shares

बाढी प्रभावितलाई एनआरएनएको १ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गैरआवासीय नेपाली संघले बाढी प्रभावित नागरिकका लागि १ करोड रुपैयाँ परराष्ट्रमन्त्री शिशिर खनाललाई सोमबार हस्तान्तरण गरेको छ।

१५ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बाढी प्रभावित नागरिकका लागि १ करोड सहयोग गरेको छ । सोमबार परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

एनआरएनएका पदाधिकारी तथा अभियन्ता र विभिन्न राष्ट्रिय समन्वय परिषद् बाट संकलित रकममध्ये पहिलो चरणमा उक्त रकम कोषमा हस्तान्तरण गरिएको संघले जनाएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्मासहितको प्रतिनिधिमण्डल परराष्ट्र मन्त्रालयमा पुगेको थियो । भेटमा मन्त्री खनालले एनआरएनएले विदेशमा रहेका नेपाली समुदायलाई एकीकृत गरी विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा परिचालन गर्ने पहल गर्नु स्वागतयोग्य रहेको बताए ।

पुनर्स्थापना र पुनर्निर्माणका सबै चरणमा एनआरएनए तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने प्रतिबद्धता मन्त्री खनालले व्यक्त गरे । मन्त्री खनालले हालको विपद् अत्यन्त ठूलो प्रकृतिको रहेको उल्लेख गर्दै रसुवा र नुवाकोटका धेरै वस्तीमा ठूलो जनधन क्षति भएको बताए ।

एनआरएनएले बाढी प्रभावित नागरिकलाई ५ करोड सहयोग गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?