+
+

ललितपुरमा रोकिराखेको २ वटा बसमा आगलागी

रासस रासस
२०७६ कात्तिक ३ गते १४:५२

घ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिका-१३ सिँचाहिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान आगलागी भएको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार बिहान करिब ११ बजेको समयमा एक्कासी गाडीमा आगलागी भएपछि दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका थिए ।

आगलागीबाट पार्किङ गरिराखेको बा३ख १३८९ र बा३ख १६६ नम्बरको गाडी जलेर पूर्णरुपमा क्षति भएको छ । अर्को सँगै रोकिराखिएको बा२ख ५९४५ नं। को बसमा भने आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण भने नखुलेको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए ।

ढोका बन्द भएको बा३ख १३८९ नम्बरको गाडीको भित्रबाट आगलागी भएको प्रहरीको अनुमान छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?