Comments Add Comment

के पूजा र स्वस्तिमाविच शितयुद्ध छ ?

नायिका पूजा शर्मा र अर्की नायिका स्वस्तिमा खड्काविच शितयुद्ध चलेको खबर नेपाली मिडियामा केही समयदेखि आइरहेको छ । विशेषगरि, नायिका खड्काले एक कार्यक्रममा पारिश्रमिकको बिषयमा गरेको टिप्पणी अर्की नायिका पूजा शर्मा केन्द्रित थियो भन्ने टिप्पणी भएसँगै यी दुइविच शितयुद्ध रहेको चर्चा चलेको हो ।

उसो त, यी दुई नायिकाले अभिनय गरेको चलचित्र ‘पोई पर्यो काले र घामड शेरे’ शुक्रबारदेखि रिलिज हुँदैछन् । यसैले पनि दुई नायिकामध्ये बक्स अफिसमा कसको स्टारडम चम्किएला भन्ने तुलना पनि भैरहेको छ ।

तर, शितयुद्धको बिषयमा पूजा र स्वस्तिमाले मुख खोलेका छन् । अनलाइनखबरको प्रश्नमा स्वस्तिमाले शितयुद्धको खबरलाई अस्विकार गरिन् । उनले पूजाको नाम नलिई भेटघाट नै खासै नहुने प्रतिक्रिया दिएकी छिन् । खासै भेटघाट नै नहुने भन्दै उनले बजारमा शितयुद्धको खबर चलेको बताइन् ।

यता, नायिका पूजा शर्माले पनि स्वस्तिमासँग खासै भेट नै नहुने बताइन् । उनले भनिन्–‘शितयुद्धको कुरा त गलत हो । किनकी, हाम्रो भेटघाट नै हुँदैन । अहिलेसम्म २–३ पटक मात्र भेट भयो होला । यसैले, बोल्ने अवसर नै मिलेको छैन ।’

नेपाली चलचित्र क्षेत्रमा नायिकाहरुविच शितयुद्ध, बोलचाल बन्द भएको घटना कुनै नौलो होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment