Comments Add Comment

ट्रकमा लुटपाट गरेको अभियोगमा एक जना पक्राउ

५ कात्तिक, महोत्तरी । ट्रकका चालकलाई कुटपिट गरी लुटपाट गर्ने गिरोहका एक जनालाई प्रहरीले बर्दिवासबाट मंगलबार विहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिवास नगरपालिका-१० स्थित बरमथान बस्ने ३० वर्षीय रबिन तामाङ रहेका छन् । बर्दिवास नगरपालिका-१० बनपथ चोकस्थित खैयरमाराबाट सर्लाहीतर्फ जाँदै गरेको ना.३ ख ९५६७ नम्बरको ट्रकका चालकलाई कुटपिट गरी चालकको साथमा रहेको मोबाइल र नगद २५ हजार रुपैयाँ लुटपाट गरेको अभियोगमा तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अपरिचित ४ जना व्यक्तिहरुले ट्रक रोकी लुटपाट गरेको भन्ने सूचनाको आधारमा खैयरमाराबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न मध्यका तामाङलाई पक्राउ गरेको जनाएको छ ।

लुटपाटमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment