Comments Add Comment

माल्टामा नेपाली संगीत गुञ्जाउँदै हिमाल र आशिष

७ कात्तिक, काठमाडौं । केवल पाँच लाख जनसंख्या भएको युरोपेली देश माल्टाको स्टेजमा पहिलोपटक नेपाली संगीत स्टेजमा गुञ्जने भएको छ । दीपावलीको अवसरमा एनआरएनए माल्टाले आयोजना गर्ने कार्यक्रममा गायकद्वय हिमाल सागर र आशिष सचिनले सांगीतिक प्रस्तुति दिनेछन् ।

युरोपका विभिन्न देशमा नेपाली गायक–गायिकाले सांगीतिक भ्रमण गर्दै आए पनि माल्टा भने अछुतो थियो । अहिले यहाँ ३ हजार ५ सयको हाराहारीमा नेपाली छन् । गायक हिमाल सागरले यो आफैंमा ‘भर्जिन’ कार्यक्रम भएको भन्दै निकै उत्साहित रहेको बताए ।

‘त्यहाँ रहेका नेपालीहरुमा पनि यो कार्यक्रमलाई लिएर निकै उत्साह रहेको पाएको छु,’ उनले अनलाइनखबरसँग भने ।

सांगीतिक भ्रमणका लागि आजै गायकद्वय युरोप प्रस्थान गर्दैछन् । २६ अक्टोबरमा माल्टाको मिसिडा फुटबल ग्राउन्डमा ओपन कन्सर्ट आयोजना हुनेछ । टिकट मूल्य १० यूरो तोकिएको छ ।

माल्टापछि फ्रान्स, नेदरल्यान्ड र चीनको ग्वान्झाउमा समेत कार्यक्रम रहेको हिमालले जानकारी दिए । ग्वान्झाउको कार्यक्रमपछि उनीहरु नेपाल फर्कनेछन् ।

हिमाल सागर लामो समयदेखि आधुनिक संगीतमा चर्चित नाम हुन् भने गायक आशिष सचिन ‘पिरिम नलाउने’ गीतबाट चर्चामा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment