+
+

प्रदेश नम्बर २ मा ‘चलचित्र स्वर्णिम महोत्सव’ हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १० गते १३:३९

चलचित्र निर्माता संघले ‘तराई, पहाड, हिमालको उत्सव–नेपाली चलचित्र स्वर्णिम महोत्सव’को आयोजना गर्ने भएको छ । कला, संकृती र भाषाको समिश्रण तथा चलचित्रको बजार प्रवद्र्धन गर्दै प्रदेश नम्बर २ का जनतासँग चलचित्रको आत्मियता बढाउनका लािग यो महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष आकाश अधिकारीले बताए ।

उनले भने–‘राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरका उद्योगपति, व्यवसायीहरु र चलचित्र क्षेत्र विचको दुरी कम गराउँदै यो क्षेत्रमा लगानी आकर्षण गराउन महोत्सव आयोजना गर्न लागिएको हो ।’

यो महोत्सव कात्तिकको २१, २२ र २३ गते आयोजना हुनेछ । महोत्सवमा निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, गीतकार, संगीतकार, गायिका, वितरक, प्रदर्शक तथा पत्रकारहरु सहभागी हुनेछ ।

नेपाली चलचित्रका साथै भारतबाट पनि अतिथी कलाकार, लेखक तथा छायांकारहरु महोत्सवमा सहभागी हुनेछन् । प्रदेश नम्बर २ बाट सुरु भएको महोत्सव हरेक बर्ष फरक फरक प्रदेशमा आयोजना गर्ने योजना संघको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?