+
+

स्वीटजरल्याण्डमा पनि घरघरमा देउसी (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १३ गते ११:१४

स्वीटजरल्याण्ड । तिहारमा खेलिने देउसी भैलो घरदेशमा मात्र होइन, परदेशमा समेत चल्न थालेको छ । नेपालीहरु विदेशमा बस्ने क्रम बढ्दै गएपछि नेपाली संस्कृतिको फैलावट पनि युरोप अमेरिकासम्म पुगेको छ ।

यही क्रममा यस वर्ष स्वीटजरल्याण्डमा बसोबास गर्ने नेपालीहरुले इतिहासमै पहिलोचोटि घरघरमा डुलेर देउसी भैलो कार्यक्रम गरे । उनीहरुले देउसी भट्याउनुका साथै ‘पछ्यौरी तानेर’ लगायतका गीतहरु गाउँदै नाचगान गरेका थिए । साथमा मादल समेत थियो ।

प्रवासमा खेलिएको देउसी भैलोमा पहिलो पुस्ताका मात्र नभएर दोस्रो पुस्ताका नेपाली बालवालिकासमेत रमाएका थिए ।

मुना भट्टराई र ज्योति पुनको पहलमा तयार पारिएको देउसी टोलीले स्वीटजरल्याण्डका बासेल, आराउ, जुरिच लगायतका सहरमा देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?