+
+
Shares

ऐश्वर्याकी म्यानेजरलाई आगोबाट साहरुखले यसरी बचाए

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १३ गते १२:०३

तिहारको अवसरमा बलिउडकर्मीहरु पार्टीको आयोजना गर्छन् । बच्चन परिवारले गर्ने तिहारको पार्टी सधै नै विशेष हुने गर्दछ । यसपटक पनि अमिताभ बच्चनको घरमा तिहारको पार्टी आयोजना गरियो ।
तर, यसपटक बच्चन परिवारको पार्टीमा एउटा घटना घट्यो । नायिका ऐश्वर्या रायकी म्यानेजर अर्चनाको लेहेङ्गामा आगो सल्कियो ।

दियोमा लेहेङ्गाले छुदा आगो सल्किएको थियो । अर्चनाको लेहेङ्गा आगोले पोलिरहँदा उपस्थिती पाउनाहरु के गर्ने दोधारमा थिए । सोही क्रममा पार्टीमा पुगेका नायक साहरुख खान अगाडि सरे र अर्चनालाई बचाए । साहरुखले आफूले लगाइरहेको ज्याकेटले आगो निभाएका थिए ।

आगोले अर्चनाको शरीरको करिब १५ प्रतिशत भाग जलेको भारतीय मिडियाले उल्लेख गरेका छन् । साहरुख भने सामान्य घाइते भएका छन् । अर्चनालाई तुरुन्तै नानाभाती अस्पताल लगिएको थियो । उनलाई तत्काल आइसीयूमा राखेर उपचार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?