Comments Add Comment

लेगानेसविरुद्ध रियल मड्रिडको ५ गोल

१४ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेगानेसमाथि फराकिलो जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा रियल मड्रिडले आफ्नै मैदानमा लेगानेसलाई ५-० गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा सिल्भा डि गोयज, टोनी क्रुस, सर्जियो रामोस, करिम बेन्जिमा र लुका जोभिचले गोल गरे ।

खेलको सातौं मिनेटमा नै गोयजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको आठौं मिनेटमा क्रुसले गोल गर्दै २-० गोलको अग्रतामा पुगेको रियल २४ औं मिनेटमा रामोसले पेनाल्टीबाट गोल गरेपछि पहिलो हाफसम्म ३-० गोलले अघि थियो ।

खेलको ६९औं मिनेटमा बेन्जिमाले पेनाल्टीबाट गोल गर्दा जोभिचले खेलको अतिरिक्त समयमा गोल गर्दै रियललाई ५-० गोलको जित दिलाए ।

योसँगै रियल मड्रिड लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिग लिडर बार्सिलोनासँग अंक दुरी एकमा झारेको रियलको २१ अंक छ । बार्सिलोनाको भने २२ अंक छ ।

त्यस्तै, बुधबार राति नै भएको अन्य खेलमा एथ्लेटिको बिल्बाओले स्पानियोललाई ३-० गोलअन्तरले हराउँदा रियल बेटिसले सेल्टा भिगो र लेभान्टेले रियल सोसाइडेडलाई समान २-१ गोलअन्तरले पराजित गरेका छन् । त्यस्तै, सेभिया र भ्यालेन्सियाले १-१ गोलको बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment