Comments Add Comment

सलमानले लेखे–‘साहरुख रियलमै हिरो’

बलिउड नायक सलमान खान केही समयदेखि रियालिटी शो ‘बीग बोस’मा व्यस्त छन् । अर्कोतिर, उनी आफू अभिनित चलचित्र ‘दबंग ३’का प्रचारमा पनि व्यस्त छन् । सलमान बलिउडमा भैरहेको घटनाको खबर पनि राख्छन् ।

सलमानको एक पोष्टले अहिले सामाजिक संजालमा निकै चर्चा पाइरहेको छ । उनले नायक साहरुख खानको विषयमा बोल्दै एक भिडियो पोष्ट गरेका छन् । नायक साहरुख खान अभिनित चलचित्र ‘ह्याप्पी न्यू इयर’को एक गीतमा उनको कपडामा आगो लाग्छ । तर, साहरुख यो कुराको वेवास्ता गर्दै मुस्कुराउँछन् । सलमानले यही भिडियो इन्स्टाग्राममा शेयर गर्दै लेखेका छन्– ‘हिरो त्यो हुन्छ, जसले साच्चिकै आगोमा कुदेर अरु कसैको ज्यान बचाउँछ ।’

सलमानले यो पोष्ट गर्नुको कारण साहरुखको बहादुरीपन नै हो । दिपावलीको अवसरमा नायक अभिताभ बच्चनको घरमा पार्टी आयोजना भएको थियो । उक्त पार्टीमा नायिका ऐश्वर्या रायको म्यानेजर अर्चनाको लेहेङ्गामा आगो सल्किएको थियो । साहरुखले आफूले लगाइरहेको ज्याकेट खोलेर अर्चनाको कपडामा लागेको आगो निभाएका थिए ।

साहरुखको यो कामको अहिले सर्वत्र प्रशंसा भैरहेको छ । धेरैले उनलाई रियल हिरो पनि भनेका छन् । सलमानले पनि साहरुखको यही कामको प्रशंसा गर्दै भिडियो पोष्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment