
Photo Credit : रितु बरियार थारु । प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी सवार दुर्घटनाग्रस्त जीप ।
१९ कात्तिक, गाईघाट । उदयपुरको चौदण्डी–७ को भुल्के भन्ने स्थानमा जीप दुर्घटना हुँदा प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी गम्भीर घाइते भएका छन् ।
विराटनगरबाट गाईघाट आउने क्रममा सोमबार साँझ त्रियुगा नगरपालिकाको स १ झ ५३१ नम्वरको जीप दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।
घाइते दुवै जनाको चौदण्डीको बेल्टार अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पठाइएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए । बुढामगरका अनुसार, जीप चालक योगेश चौधरीको अवस्था भने सामान्य छ ।
जीप अनियन्त्रित भई सडकमै पल्टिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4