Comments Add Comment

भक्तपुर १ ‘क’ मा कांग्रेसका कृष्ण भँडेलले दिए उम्मेदवारी

२१ कात्तिक, भक्तपुर । प्रदेशसभा सदस्यका लागि भक्तपुर १ ‘क’मा हुने उपचुनावमा नेपाली कांग्रेसका कृष्णप्रसाद भँडेलले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्तापछि आयोजित सभामा कांग्रेसका नेताहरुले यो चुनाव जनमत संग्रह पनि भएको बताए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एउटा सिटले सरकार नढल्ने र नबन्ने तर सन्देश दिन सक्ने बताए । उनले अघि भने, ‘दुईअढाइ वर्षमा सरकारले ठीक गरेको छ भने उहाँहरुलाई भोट दिनुस् । बेठीक गरेको छ भने कांग्रेसलाई भोट दिनुस् ।’

उपचुनावमा नेकपालाई जिताइयो भने सरकार अझै विग्रिएर जाने उनको दाबी छ ।

अघिल्लो चुनावमा नेकपालाई भोट दिनेहरुको अपेक्षा यस्तो अराजकता भ्रष्टाचार हुन्छ भन्ने नभएको भन्दै उनले अघि भने, बालुवाटारमा ककसको नाममा जग्गा निस्किएको छ, खोज्ने यो बेलामा हो । सुन काण्डका ठूला माछा खोल्ने बेला यही हो ।’

कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले भक्तपुरमा आफ्नो पार्टीको जित सुनिश्चित भएकेा बताए । यो चुनाव जनमत संग्रह पनि भएको भन्दै उनले लोकतन्त्रवादी कि अधिनायकवादीको पक्षमा उभिने जनताले निर्णय गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment