+
+
Shares

विदेशी कलेजको सम्बन्धनबाट चलेका कलेजलाई १५ दिनको समयसीमा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते १८:५५

२१ कात्तिक, काठमाडौँ । विदेशी कलेजबाट सम्बन्धन लिएर चलेका कलेज १५ दिनभित्र प्रकियामा नआए सरकारले खारेज गर्ने भएको छ ।

मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अबको १५ दिनभित्र प्रक्रियामा नगए विदेशी शिक्षण संस्थाको सम्बन्धनबाट सञ्चालित नेपालका १३ वटा कलेजहरुलाई खारेज गरिने बताएका हुन् ।

विदेशी सम्बधन लिएर सञ्चालनमा आएका कलेजहरुले प्रकियामा जान अटेर गरेकाले यो निर्णय गरिएको उनले बताए । ‘लामो समयदेखि यो प्रक्रिया अल्झिरहेको थियो, यही विषयलाई टुंग्याउनको लागि यो निर्णय गरेका हौं,’ पोखरेलले भने, ‘१५ दिनभित्र प्रकियामा आउने कलेजहरुले पठन पाठन गर्न पाउछन् । प्रकियामा नआउनेहरुलाई सरकारले एक्सन लिन्छ।’

वाइल्ड इन्टुच्युड अफ एडभान्स काठमाडौं, ब्रिज वाटर इन्टरनेशनल सिनामंगल, माल्पी इन्टरनेशनल कलेज  काठमाडौं, क्यापिटल कलेज काठमाडौं,  एभेरेष्ट एजुकेशन, स्काइ इन्टरनेशनल कलेज वुटवल, वेस्टन मेगा कलेज  बुटवल,   वेष्ट्रन विजनेश कलेज धनगढी,पोलिगन कलेज काठमाडौं, पेन्टागन एजुकेशन काठमाडौं,काठमाडौं भ्याली काठमाडौं, एपेक्स लाइफ स्कुल,  साउथ वेस्टन काठमाडौं,   र कसमस इन्टर नेशनल कलेज पोखरा लाई सरकारले प्रकियामा आउन निर्देशन दिएको हो।

शिक्षा मन्त्री पोखरेलले यी कलेजहरुले नियम विपरित चलिरहेको, नवीकरण नगरेको र राजस्व नतिरेको समेत बताएका छन्।

राष्ट्रिय शिक्षा नीति जारी

मन्त्री पोखरेलले राष्ट्रिय शिक्षा नीति–२०७६ जारी गरेका छन् । शिक्षा क्षेत्रको सुधारका लागि यो नीति कोशेढुङ्गा सावित हुने विश्वास उनले व्यक्त गरे ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा गइसकेपछि शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न र शिक्षा क्षेत्रलाई दिशानिर्देशन गर्नका लागि नीति जारी गरिएको भन्दै उनले जारी गरिएको नीति चाँडै नै छापेर सबैको हातहातमा पुर्‍याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?