Comments Add Comment

कास्की २ मा नेकपाकी विद्या भट्टराईको उम्मेदवारी दर्ता

२१ कात्तिक, पोखरा । कास्की क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । १४ मंसिरमा प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् ।

विद्या दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् । कास्की २ बाट निर्वाचित अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा उनकै पत्नी विद्यालाई नेकपाले टिकट दिएको थियो ।

उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय जानुअघि उनले रविन्द्र अधिकारीको जन्मस्थान भरतपोखरीका ८७ वर्षीया पूर्णकुमारी आचार्य र ८५ वर्षीय बैकुण्ठनाथ आचार्यबाट आशिर्वाद ग्रहण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment