Comments Add Comment

यो हो संसारकै हलुका मिठाई, ९६ प्रतिशत हावाको हिस्सा

गुलियो मिठाई भन्दा बित्तिकै मुख रसाउने हुन्छ होला धेरैको । यदि संसारकै हलुका मिठाई चाख्न पाउनुभयो भने कस्तो अनुभव होला ? सायद त्यो अद्वितीय अनुभव हुनेवाला छ । किनकी दुनियाकै सबैभन्दा हलुका मिठाईमा ९६ प्रतिशत त हावा नै छ ।

बेलायतमा हालै संसारकै सबैभन्दा हलुका मिठाई तयार गरिएको छ । यो मिठाई तयार गर्नका लागि कालिगढहरुले वैज्ञानिकहरुको समेत सहयोग लिनुपरेको छ ।

संसारको सबैभन्दा हलुका यो मिठाईको वजन केवल एक ग्राम मात्र रहेको छ । यो मिठाईको ९६ प्रतिशत हिस्सा हावाको रहेको छ भने मुखमा मिठास भरिदिनका लागि केवल ४ प्रतिशत मात्र पदार्थ रहेको छ ।

लण्डनस्थित डिजाइनर स्टुडियो बमपास एण्ड पारका कालिगढहरुले जर्मनीको एरोजेलेक्स ल्याबका वैज्ञानिकहरुको सहयोगमा यो मिठाई तयार पारेका हुन् । यो मिठाइ बनाउनका लागि सुरुमा पृथ्वीको सबैभन्दा हलुका ठोस पदार्थलाई खानका लागि लायक बनाइयो र त्यसमा मिठास हालियो ।

एरोजेल नामक पदार्थबाट उक्त मिठाई तयार गरिएको छ । एरोजेल संसारकै सबैभन्दा हलुका पदार्थ हो । यसको आविष्कार सन् १९३१ मा भएको थियो । एरोजेलमा ९५ देखि ९९.८ प्रतिशतसम्म हावा हुन्छ । त्यसैले यसलाई पृथ्वीकै हलुका ठोस पदार्थ मानिन्छ ।

ऋण्डाको सेतो भागमा पाइने हाइड्रोजेलबाट एरोजेल तयार गरियो र सोही एरोजेललाई क्याल्सियम क्लोराइड र पानीमा डुबाएर मिठाई बनाउने साँचोमा हालियो । त्यसपछि जेलबाट तरल पदार्थ हटाएर त्यसलाई लिक्विड कार्वनडाइअक्साइडमा बदलियो । त्यसपछि ग्यासमा परिवर्तन गरियो र अन्तिममा ग्यासलाई पनि हटाइयो ।

अन्तिममा जुन मिठाई तयार भयो त्यसको वजन केवल एक ग्राम मात्र भयो र त्यसमा ९६ प्रतिशत हिस्सा हावाको रह्यो । उक्त मिठाईलाई निकै वैज्ञानिक तरिकाबाट बनाइएको हो । यसमा स्वादको नाउँमा केवल मिठास मात्र रहेको बताइएको छ ।

गत अक्टोबर १० देखि २६ सम्म साउदी अरेबियाको किंग अब्दुलअजिज सेन्टर फर वर्ल्ड कल्चरमा उक्त मिठाईको प्रदर्शनी गरिएको थियो ।एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment