+
+
Shares

आलमको बाँकी थुनछेक बहस भोलि हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते १६:१२

२१ साउन, राैतहट । नेपाली कां‌ग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको जिल्ला अदाललत रौतहटमा बिहीबार सुरु भएको थुनछेक बहस भोलिलाई सरेको छ।

बिहीबार अदालतको समय सकिँदा पनि बहस गर्नेहरु नसकिएपछि भोलिका लागि सरेको हो ।

२०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ । त्यसमा जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान सकिएपछि अब आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीहरुले बहस सुरु गरेका थिए ।

पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङग्रौला, वरिष्ठ अधिवक्ता आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, अधिवक्ताहरु पुष्पराज पौडेल, ओमप्रकाश अर्याल दिनेश त्रिपाठी डा. कुमार शर्मा आचार्यले बहस गर्नेछन् ।

प्रतिवादी आलमको पक्षबाट वकालत गर्न वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरे (भुषण) रौतहट आएका छन् ।

यसअघि बिहीबार नै आलमको बयान सकिएको थियो । आलमलाई जम्मा ५१ बटा प्रश्न सोधिएको थियो । आज तेस्रो दिनको बयानमा उनलाई ज्यान मार्ने उद्योग र बम विष्फोटसम्बन्धी कसुरबारे प्रश्न सोधिएको थियो । न्यायाधीशले सोधेको अधिकांश प्रश्नको आलमले इन्कारी बयान दिएका छन् ।

तत्कालीन समयमा सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो भन्ने प्रश्नमा मात्रै आलमले त्यसबेला मुद्दा नचलाउने निर्णय भएको बताएका थिए । आलमले यही एक मात्र प्रश्नको साविती बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?