Comments Add Comment

डलर साट्न जाँदा १० लाख रुपैयाँ लुटियो

२६ कात्तिक, काठमाडौं । सस्तोमा डलर साट्न खोज्दा एक व्यक्तिको १० लाख रुपैयाँ लुटिएको छ ।

सुर्खेतको वीरेन्द्रनगर–७ घर भएका एक पुरुषलाई ठेगाना नखुलेका कमल तामाङले ठगेका हुन् ।

पीडितका अनुसार तामाङले उनलाई डलर साट्न भनेर सोमबार दिउँसो कागेश्वरी मनहरा–५, थलीमा बोलाएका थिए । तर, डलर नदिइ नगद लिएर फरार भए ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई बताए । उनका अनुसार फरार रहेका व्यक्तिको खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment