
२६ कात्तिक, काठमाडौं । प्रहरीले अवैध दुई किलो चाँदीसहित एक जना भुटानी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नम्बर जि १२८९३२ वाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जे छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरको उडानमार्फत भुटानतर्फ जान लागेका बेला उनलाई मंगलबार विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।
ब्यागेज चेकिङ एक्सरेमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट ९९९ लेखिएको विस्कुट आकारमा १४ वटा टुक्रमा रहेको चाँदी भेटिएको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4