
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल नेत्रज्योती संघ र मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरले दृष्टिविहीन विद्यार्थीहरूलाई ब्रेल लिपीका शैक्षिक सामग्री उपलब्ध गराएका छन्।
- उपलब्ध गरिएका सामग्रीले कक्षा १ देखि ९ सम्म अध्ययनरत १० विद्यार्थीलाई एक वर्षसम्म अध्ययन गर्न मद्दत गर्नेछ।
- विद्यालय र संघले बालबालिकाहरूलाई आवश्यक शैक्षिक सुविधाहरू प्रदान गर्न निरन्तर प्रयास गरिरहेको छ।
३० वैशाख, काठमाडौं। दृष्टिविहीन विद्यार्थीहरूलाई अध्ययनका लागि चाहिने ब्रेल लिपीका शैक्षिक सामाग्री सहयोग गरेको छ ।
नेपाल नेत्रज्योती संघ मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरले चौदण्डीगढी नगरपालिका-५ मा रहेको आधारभूत विद्यालय सिवाई बेल्हाको स्रोत कक्षामा कक्षा १ देखि ९ सम्म अध्ययनरत १० जना विद्यार्थीहरूका ब्रेल लिपीका शैक्षिक सामाग्री उपलब्ध गराएको हो ।
मंगलबार एक कार्यक्रमकाबीच मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरका अध्यक्ष भागवत राउतले सहयोग सामाग्री उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक भास्कर चौधरीले जानकारी दिए ।
उनले भने, ‘दृष्टिविहीन विद्यार्थीहरूलाई एक वर्ष पुग्ने ब्रेल लिपीका शैक्षिक सामग्री (स्टाइलस, सिलेट र लेख्न प्रयोग हुने पेपर) नेपाल नेत्रज्योती संघले उपलब्ध गराएको छ । यसले उहाँहरूलाई एक वर्षसम्म अध्ययनका लागि पुग्छ।’
दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकाहरूसँग आवश्यक शैक्षिक सुविधाहरूबाट वञ्चित नहोस् भन्नका लागि ब्रेल शैक्षिक सामग्री सहयोग गरेको नेपाल नेत्रज्योती संघ तथा मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरका अध्यक्ष भागवत राउतले बताए ।
‘ बालबालिकाहरूसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरूबाट वञ्चित नहोस् भनेर हामीले उहाँहरूका लागि ब्रेल लिपीमा प्रयोग हुने पेपर, लेख्ने स्टाइलस तथा सिलेट १० जनालाई उपलब्ध गराएका हौं।’ उनले भने ।
वैशाख ३० आफ्नो विशेष महत्वपूर्ण दिन भएकाले प्रत्येक वर्ष वैशाख ३० गते सामाजिक काम गर्दै आएको उनको भनाइ छ ।
यस्तै श्री आधारभूत विद्यालय सिवाई बेल्हाले नयाँ शैक्षिक सत्रमा उत्कृष्ट विद्यार्थीहरू र अभिभावकहरूलाई लाई सम्मान गरेको छ ।
प्रतिक्रिया 4