
News Summary
Generated by OK AI. Editorially reviewed.- नागरिक लगानी कोष र ललितपुर गोदावरी नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालनको लागि सम्झौता भएको छ।
- यस योजनामा शिक्षक र कर्मचारीहरूले मासिक १ हजार रुपैयाँ जम्मा गर्नेछन्, जसबाट ६० वर्ष पुगेपछि पेन्सन सुविधा प्राप्त हुनेछ।
- सम्झौतामा नगर प्रमुख र कोषका कार्यकारी निर्देशकले हस्ताक्षर गरेका छन्।
३० वैशाख, काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र ललितपुर गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ ।
नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबाट ५ सय रुपैयाँ र नगरपालिकाका शिक्षक, कर्मचारी कल्याणकारी कोषबाट ५ सय रुपैयाँ थप गरी मासिक १ हजार रुपैयाँ नागरिक पेन्सन योजनामा जम्मा गर्ने विषयमा कोष र नगरपालिकाबीच सम्झौता भएको हो ।
सम्झौतामा नगरपालिकाका तर्फबाट नगर प्रमुख वीरेन्द्र भट्ट र कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले हस्ताक्षर गरेका छन् ।
यस योजनामा सहभागी शिक्षक, कर्मचारी र पालिकाका तर्फबाट जम्मा भएको रकमका आधारमा एकमुष्ठ वा ६० वर्ष पुगेपछि पेन्सन उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4