
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगमले आफ्ना दुई ट्विनअटर जहाजहरू सञ्चालनमा ल्याएको छ ।
- यी जहाजहरूलाई मर्मत र नयाँ इन्जिन जडान गरी पुनः सञ्चालनमा ल्याइएको हो ।
- निगमका यी जहाज लामो समय थन्किँदा दुर्गम भेगका उडान ठप्प थिए । जसले गर्दा निगमको आलोचना भइरहेको थियो ।
३० वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले आफ्ना दुवै ट्विनअटर जहाज सञ्चालनमा आएको जनाएको छ ।
निगमको दर्ता नम्बर ‘९एन–एबीटी’ ट्विनअटर जहाज नेपाल नागरिक उड्डयन प्राधिकरण र निर्माता कम्पनीको मापदण्ड अनुसार नियमित वार्षिक मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो ।
यो जहाजमा अब दुई नयाँ इन्जिन जडान गरिएको समेत निगमले उल्लेख गरेको छ । यो जहाज सोमबारदेखि नियमित सञ्चालनमा आएको हो ।
त्यस्तै निगमको दर्ता नम्बर ‘९एन–एबीयू’ ट्विनअटर जहाज समेत अहिले पूर्ण सञ्चालनमा रहेको निगमले जनाएको छ । निगमका यी जहाज लामो समय थन्किँदा दुर्गम भेगका उडान ठप्प थिए । जसले गर्दा निगमको आलोचना भइरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4