
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय नागरिक २५ वर्षीय अभिद्य पक्राउ परेका छन् किनभने उनीसँग १० किलो १७० ग्राम गाँजा भेटिएको थियो।
- उनी बैंककबाट काठमाडौं आएका थिए र विमानस्थलको भन्सार क्षेत्रमा पक्राउ परे।
- प्रहरीले उनलाई नियन्त्रणमा लिएर लागु औषधि नियन्त्रण ब्यूरोको टोलीलाई बुझाएको छ।
३० वैशाख, काठमाडौं । थाइल्याण्डको बैंककबाट ल्याएको १० किलो १७० ग्राम लागु औषध गाँजासहित एक भारतीय युवक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक २५ वर्षीय अभिद्य पहुने छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थलको आगमन भन्सार एरियाबाट उनी पक्राउ परेका हुन् । थाई एयरवेजको उडानमार्फत उनै बैंककबाट काठमाडौं आएका थिए ।
उनको लगेजमा गाँजा भेटिएपछि नियन्त्रणमा लिएर प्रहरीले लागु औषध नियन्त्रण ब्यूरोको टोलीलाई बुझाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4