+
+
Shares

सीमा विवादबारे सचिवस्तरीय संयन्त्रमा छलफल गर्न भारत तयार

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २४ गते २०:३९

२४ कात्तिक, काठमाडौं । कालापानी क्षेत्रको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न भारत तयार भएको छ ।

बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमणलगत्तै बैठक बस्ने भनिए पनि मिति भने तय भएको छैन ।

भारतले हालसालै कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय सार्वपक्षीय बैठकले समेत लिम्पियाधुराको कुटियाङ्दी नदीसम्म नेपालको भूभाग भएको निष्कर्ष निकाल्दै भारतसँग उच्चस्तरमा राजनीतिक तथा कूटनीतिक संवाद गर्न सरकारलाई सुझाव दिएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार नेपालले अनौपचारिक सम्वादहरुमा आफ्नो अडान राखिसकेको छ । भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले समेत विदेश सचिव गोपाल गोख्लेलाई भेटे नेपालको चासो राखेका थिए ।

अहिले भारत वार्तामार्फत नेपालको चासो सम्बोधन गर्न सकारात्मक रहेको मन्त्रालय स्रोतको दाबी छ ।

त्यसकै लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्नेछ ।

हालै भएको विदेशमन्त्रीस्तरीय संयुक्त आयोगले पनि कालापानी र सुस्ताको सीमा विवादबारे छलफल गर्ने अधिकार यो संयन्त्रलाई दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?