+
+
Shares

भारतमा पाण्डे, चीनमा शर्मा र अमेरिकामा थापा राजदूत सिफारिस

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याण शर्मा र अमेरिकाका लागि चीरन थापालाई सिफारिस गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १६:२२

२ असोज, काठमाडौं । सरकारले भारत, चीन र अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याण शर्मा र अमेरिकाका लागि चीरन थापालाई सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्ले भारत, चीन र अमेरिकासहित १३ वटा देशका राजदूतहरू नियुक्ति गरेको हो । विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व र अन्य हिसाबले समेत काम गरिरहेका व्यक्तिहरूलाई राजदूत सिफारिस गरिएको सरकारले जनाएको छ ।

अब सरकारले राजदूतको लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको रुपमा संसदीय सुनुवाइको लागि पठाउने छ । संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?