+
+
Shares

ह्वात्तै बढ्यो महँगी, यातायात र भान्सामा असर

तथ्यांक अनुसार सहरको तुलनामा गाउँमा महँगी बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
  • राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ५.५२ प्रतिशत छ ।
  • ग्रामीण क्षेत्रमा महँगी ६.१८ प्रतिशत र सहरी क्षेत्रमा ५.८८ प्रतिशत पुगेको छ, सबैभन्दा धेरै मधेसमा ६.९४ प्रतिशत छ ।

२ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष साउनमा यो १.६८ प्रतिशतमात्र थियो । यसले नेपालमा महँगी ह्वात्तै बढेको देखाउँछ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार महँगीको मार सबैभन्दा धेरै खाद्यान्न र यातायातमा परेको छ ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेलमा १५.६२ प्रतिशत मूल्य बढेको छ । फलफूलमा १५.३९ प्रतिशत, माछा तथा मासु ८.६५, तरकारी ६.९० र मरमसलाको मूल्य ४.८० प्रतिशत वृद्धि भएको छ ।

त्यस्तै खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति समग्रमा ६.७७ प्रतिशत छ । गैरखाद्य तथा सेवा समूहको ५.५२ प्रतिशत छ । गैरखाद्यतर्फ सबैभन्दा धेरै महँगी यातायातमा १३.१७, मदिरा ७.२०, कपडा तथा जुत्ताचप्पल ५.५२ र सुर्तीजन्य पदार्थमा ४.९७ प्रतिशत छ ।

सहरभन्दा गाउँमा महँगी

तथ्यांक अनुसार सहरको तुलनामा गाउँमा महँगी बढेको छ । ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.१८ प्रतिशतले वृद्धि भएको छ । सहरी क्षेत्रमा ५.८८ प्रतिशत महँगी बढेको तथ्यांक छ ।

प्रदेशगत हेर्दा सबैभन्दा धेरै मधेसमा ६.९४ प्रतिशत  र सबैभन्दा कम सुदूरपश्चिममा ४.६१ प्रतिशत छ । काठमाडौं उपत्यकामा ४.८१, तराई ६.६४, पहाड ५.९५ र हिमालमा ५.१० प्रतिशतले महँगी बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?