+
+
Shares

धरौटी नबुझाएपछि किस्पाङ गाउँपालिका अध्यक्ष कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुर मुद्दामा २२ लाख धरौटी नबुझाएपछि केन्द्रीय कारागार सुन्धारा पठाइएका छन् ।
  • काठमाडौं जिल्ला अदालतले तामाङविरुद्ध बैंकिङ कसुरका १० वटा मुद्दा रहेको खुलाएको थियो ।
  • रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग छलफल सकेर निस्किएपछि उनलाई सिंहदरबार अगाडिबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

२ असोज, काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन् । उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।

काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा २२ लाख धरौटी माग गरेको थियो । धरौटी नबुझाएपछि उनी कारागार चलान भएको प्रहरीले बताएको छ ।

रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले छलफल गरेका थिए । छलफल सकेर निस्किए लगत्तै सिंहदरबार अगाडिबाट उनी पक्राउ परेका थिए ।

उनीविरुद्ध १० वटा बैकिङ कसुरको मुद्दा रहेको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?