News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले सिंहदरबार गेटबाट पक्राउ गरेको छ ।
- तामाङ आज प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा सहभागी भएर फर्कने क्रममा पक्राउ परेका हुन् ।
- जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार तामाङलाई दरबारमार्ग प्रहरी परिसरमा बुझाइएको छ ।
२९ भदौ, काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् ।
उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो ।
अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन शाहसँग भएको छलफलमा सहभागी भएका थिए । सो छलफलमा सहभागी भएर फर्कने क्रममा उनलाई गेटबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए ।
उनका अनुसार, अध्यक्ष तामाङलाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको हो । ‘पक्राउ गरेर उनलाई दरबारमार्ग प्रहरी वृत्तमा बुझाइएको छ,’ उनले भने ।
प्रधानमन्त्री शाहले आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गरेका थिए । उनी सोही छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4