+
+
Shares

डा. केसीलाई शिक्षामन्त्रीको आग्रह- देश कालापानीमा एकतावद्ध छ, अनशन तोड्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २५ गते २१:१५

२५ कात्तिक, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनशन तोड्न डा. गोविन्द केसीलाई आग्रह गरेका छन् ।

मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा. केसीले उठाएका मुख्य मागहरु सम्बोधन भइरहेको बताए । डा. केसीले अहिले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्नुपर्ने मन्त्री पोखरेलको धारणा छ ।

मुलुक अहिले कालापानीको बहसमा रहेको भन्दै उनले भने, ‘डा केसीलाई के अनुरोध गर्न चाहन्छौं भने सिंगो देश कालापानीको विषयमा एकतावद्ध ढंगले अगाडि बढिरहेको बेलामा डा. साबले अनशनको बाटो लिने होइन ।’

चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका केसी ६ दिनअघि डडेल्धुरा पुगेर अनशन बसेका छन् । केसीको स्वास्थ्य जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डाक्टर केसीका समर्थकले प्रदर्शन गरेका छन् ।

प्रहरीले डा. गोविन्द केसीलाई अनशनस्थल सार्न दबाब दिएको छ। तर, समर्थकले नसार्न आग्रह गरेपछि केसी उपचाररत डडेल्धुरा अस्पतालमा तनाव भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?