Comments Add Comment

भारतीय नयाँ नक्साको विरोधमा नेविसंघको प्रदर्शन

२७ कात्तिक, काठमाडौं । भारतले जारी गरेको नयाँ नक्साको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बुधबार पनि विरोध प्रदर्शन गरेको छ ।

नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसको आयोजनामा नेपाल टार, बाइपास, माछापोखरीक्षेत्रमा भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरेको हो ।

नेविसंघ निवर्तमान केन्द्रिय सदस्य सुशिल भट्टको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा नेविसंघका नेताहरू निरन्जन थापा, इश्वर अधिकारी, पवन थापा, सन्तोष गुरुङ, सुबास घिमिरे, स्वेच्छा उप्रेतीलगायतका विद्यार्थी तथा स्थानीयबासीको उपस्थिति रहेको थियो ।

नेपालटार ग्रामिण र एन आर कलेजबाट सुरु भएको विरोध र्याली बालाजु परिक्रमापछि क्याम्पसमै पुगेर समापन भएको थियो । भारतले नेपाली भूमि कालापानी, लिपुलेकलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा नेविसंघले काठमाडौंका विभिन्न स्थानमा दिनदिनै प्रदर्शन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment