+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

प्रधानाध्यापक र इन्जिनियरविरुद्ध भ्रष्टचारको मुद्धा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते १८:१६

२७ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक विद्यालयका एक प्रधानाध्यापक र नगरपालिकामा कार्यरत एक इन्जिनियरविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

अख्तियारले डोटीको छतिवनस्थित श्री कफल कटेश्वर प्राविका प्रधानाध्याप नरबहादुर रावल र कपिलवस्तुको महाराजगंज नगरपालिकामा करारमा कार्यरत इन्जिनियर सन्तोषकुमार चौधरीविरुद्ध मुद्धा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिई कार्यरत रहेको पाइएकोले प्रधानाध्यापक रावलविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता कोइरालाले बताए ।

रावलले माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय, इलाहावादबाट प्राप्त हाइस्कुल तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जिल्ला शिक्षा कार्यालय, डोटीबाट प्राथमिक तह चतुर्थ श्रेणीको शिक्षक पदमा स्थायी नियुक्ति लिएको पाइएको उनले बताए ।

रावलले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी पदको लाभ तथा सुविधा उपभोग गरेको देखिन आएकोले उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको मागदाबी गर्दै मुद्धा दायर गरिएको कोइरालाले बताए ।

चौधरीले नक्कली झुठ्ठा ई-विडिङ सम्बन्धी विषयको तालिमको प्रमाणपत्र पेश गरी सोही नगरपालिकाको इन्जिनियर (करार) पदमा नियुक्ति भई सरकारी सेवा सुविधा लिई भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दायर गरिएको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?