Comments Add Comment

मेस्सीविरुद्ध रोड्रिगोको डेब्यू !

२९ कात्तिक, काठमाडौं । ब्राजिलले चिरप्रतिद्वन्द्वी अर्जेन्टिनाविरुद्ध खेल्दा रोड्रिगोले अन्तर्राष्ट्रिय डेब्यू गर्ने भएका छन् । अर्थात उनी लिओनल मेस्सीविरुद्ध मैदान उत्रनेछन् ।

दक्षिण अमेरिकी फुटबलका चिरप्रतिद्वन्द्वी ब्राजिल र अमेरिकाको खेल साउदी अरेबियामा हुनेछ ।

यो खेल शुक्रबार साँझ रियादमा हुनेछ । ब्राजिलियन टिममा नेयमार हुने छैनन् । त्यसैले १८ वर्षका राड्रिगो टिटेको टिममा पर्ने देखिएको छ ।

अर्जेटिनाको कप्तानी भने मेस्सीले गर्नेछन् ।

दुई टिम कोपा अमेरिकाको सेमिफाइनलमा भिडेका थिए र ब्राजिलले २–० ले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment