+
+
Shares

कोशी अस्पतालमा प्रभु बैंकको काउन्टर संचालन

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २९ गते १७:२९

२९ कात्तिक,काठमाडौं । मोरङ जिल्लामा रहेको कोशी अस्पतालमा प्रभु बैंकको काउन्टर संचालन गरिएको छ।

उपचारकाक्रममा कोशी अस्पतालमा आउने सेवाग्राहीलाई बैकिङ सेवा उपलब्ध गराइएको बैंकले बताएको छ।

प्रभु बैंकको काउन्टर संचालन गर्नेसम्बन्धी सम्झौता कोशी अस्पतालका तर्फबाट प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनी र प्रभु बैंककातर्फबाट प्रदेश नं. १ का कार्यालय प्रमुख लेखराज कार्कीले हस्ताक्षर गरे।

उक्त सम्झौतापछि प्रभु बैंकले आवश्यक पूर्वाधार निर्माण गरी सार्वजनिक विदाको दिनबाहेक विहान ८ बजेदेखि साँझ ७ बजेसम्म काउन्टरमार्फत बैंकिङ सेवा दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?