Comments Add Comment

आईपीएल २०२० : सन्दीपको टिममा रहानेको इन्ट्री

२९ कात्तिक, काठमाडौं । आईपीएल २०२० को अक्सन अगावै राजस्थान रोयलका अजिन्क्या रहानेलाई दिल्ली क्यापिटलले किनेको छ । ‘ट्रेन्डिङ विन्डो’ को अन्तिम दिन बिहिबार यो खरिदविक्री भएको आईपीएल र दुवै फ्रेन्चाइजहरुले पुष्टि गरेका छन् ।

दिल्लीले ट्रेडिङ विन्डोमार्फत खरिद गरेका खेलाडीमा रविचन्द्रन आश्विनपछिका उनी हाई प्रोफाइल खेलाडी हुन् । दिल्लीको टप अर्डमा पहिल्यै तीन जना ब्याट्सम्यान छन् । शिखर धवन, पृथ्वी शाव र सेयर ऐयरले टप अर्डरमा ब्याटिङ गर्छन् भने उनीहरु पछाडि रिसव पन्त छन् ।

राजस्थन रोयल्सबाट सबैभन्दा धेरै म्याच खेलेका ब्याट्सम्यान रहाने हुन् । उनले राजस्थानबाट आईपीएलमा १०० वटा र च्याम्पियन्स लिग टि–२० का लागि ६ वटा गरी एक सय ६ म्याच खेलेका छन् । सने २०११ बाट उनी राजस्थानमा आवद्ध भएका हुन् । सन् २०१६ र १७ मा राजस्थान निलम्बनमा पर्दा रहानेले राइजिङ पुने सुपरजाइन्टबाट खेलेका थिए ।

राजस्थानबाट सबैभन्दा बढि रन रहानेकै नाममा छ । उनले खेलेका एक सय ६ म्याचमा ३५.६० रनको औसत र एक सय २२ स्ट्राइक रेटमा ३ हजार ९८ रन बनाइसकेका छन् । आईपीएलमा मात्रै उनले २ हजार ८ सय १० रन बनाएका छन्, जसमा उनको स्ट्राइक रेट १२२.६५ रहेको छ । रहानेले २४ वटा म्याचमा राजस्थानको कप्तानीसमेत गरेका थिए ।

अघिल्लो आईपीएलमा रहानेले दिल्लीविरुद्ध नै सतक हानेका थिए । उनले ५८ बलमा शतक हाने पनि राजस्थानले म्याच भने हारेको थियो ।

लेनदेनका क्रममा दिल्लीले आफ्ना दुई लेग स्पिनर मयंग माकन्डे र राहुल तेवाटियालाई राजस्थानलाई सुम्पेको छ । मार्कन्डे यही सिजनमा नै मुम्बई इन्डियनबाट दिल्लीमा आएका थिए । उनले आईपीएल २०१७ मा तीनवटा मात्रै म्याच खेल्न पाए ।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने समेत रहेको दिल्लीमा अब प्रमुख स्पिनरका रुपमा सम्भवतः आश्विन र सन्दीप रहनेछन् । सन्दीपलाई यसपालि पनि दिल्लीले रिटेन गर्ने सम्भावना बलियो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment