Comments Add Comment

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको जित

२९ कात्तिक, काठमाडौं । युरो कप छनोट फुटबलमा पोर्चुगलले लिथुनियालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

बिहीबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले लिथुनियालाई ६-० गोलअन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरे ।

रोनाल्डोले खेलको सातौं मिनेटमा पेनाल्टीमा र २२औं मिनेटमा गोल गर्दै पोर्चुगललाई पहिलो हाफसम्म २-० गोलको अग्रता दिलाएका थिए । खेलको ५२औं मिनेटमा एफन्सो फर्नान्डेजले, ५६औं मिनेटमा मेन्डेस पसिन्सिया र ६३औं मिनेटमा बेर्नान्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई ५-० गोलको अग्रता दिलाए ।

खेलको ६५औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरे । योसँगै पोर्चुगल ६-० गोलले विजयी भयो ।

समूह ‘बी’ मा रहेको पोर्चुगलले सात खेलबाट १४ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको पोर्चुगलले अब अन्तिम खेलमा यहि आइतबार लक्जमबर्गसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment