Comments Add Comment

आयोगलाई कांग्रेसको आग्रह : निर्वाचन आचार संहिता पूर्ण पालना गराऊ

२९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उपनिर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोगसँग आग्रह गरेको छ ।

कांग्रेस निर्वाचन आचारसंहिता अनुगमन समितिले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँग भेटर मंसिर १४ को उपनिर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन आयोगको गम्भीर ध्यानाकर्षण गराएको ।

समितिका संयोजक रमेश लेखकले निर्वाचन कानुन र निर्वाचन आचारसंहिता विपरित सांसदहरुको ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ को योजना छनौटका लागि भइरहेका परामर्श बैठकहरु तत्काल स्थगित गराउन पनि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग आग्रह गरे । समितिले उपनिर्वाचन हुने जिल्लाहरुमा निर्वाचन प्रभावित हुने गरी मतदातालाई प्रलोभनमा पार्ने गरी मन्त्रीहरुले विकास, निर्माणका योजनाहरु छनौट गर्ने गरेको भन्दै तत्काल रोक्न माग गरेको छ ।

निर्वाचन कानून र निर्वाचन आचारसंहिता विपरितका कुनै पनि गतिविधि सांसद, मन्त्रीलगायतबाट पनि हुन नदिन निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराइएको समितिका संयोजक एवम् कांग्रेस नेता लेखकले जानकारी दिए ।

आगामी मंसीर १४ गते ३७ जिल्लामा रिक्त रहेका प्रतिनिधिसभा सदस्य १ तथा प्रदेश सभा र स्थानीय तहको विभिन्न ५२ वटा पदका लागि निर्वाचन हुँदैछ ।

कांग्रेसले उपचुनाव हुने पाँचथर, बाग्लुङ, संखुवासभालगायतका जिल्लाहरुमा निर्वाचन आचारसंहिता विपरित सांसद कोषको योजना तर्जुमा गर्ने तथा मन्त्रीहरुले विकास निर्माणका विभिन्न कार्यक्रम घोषणा गरेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment