+
+
Shares

एनआईसी एशिया बैंकबाट लाभांश लिन लगानीकर्तालाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २९ गते १७:३४

२९ कात्तिक,काठमाडौं । एनआईसी एशिया बैंकले लाभांश रकम लिन आग्रह गरेको छ। बैंकले अनामनगरमा रहेको एनआईसी एशिया क्यापिटलबाट लाभांश बुझ्न आग्रह गरेको हो।

लाभांश पूर्जी लिएका शेयरधनीलाई आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्न समेत बैंकले आग्रह गरेको छ। लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ।

आव २०७५/७६ मा बैंकले घोषणा गरेको लाभांश रकम सम्बन्धित शेयरधनीहरुको खातामा बैंकले जम्मा गरिसकेको तथा डिम्याट खाता नभएका शेयरधनी महानुभावहरुको मात्रै लाभांश रकम जम्मा गर्न बाँकी रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार विभिन्न आर्थिक वर्षहरुमा बैंकले वितरण गरी हालसम्म शेयरधनी महानुभावहरुले बुझिलिन बाँकी भएका लाभांशको विवरण बैंकको वेवसाइट www.nicasiabank.com मा राखिएको छ। लाभांश बारे बुझ्न एनआईसी एशिया क्यापिटलका कर्मचारी दामोदर रायमाझीलाई ०१५७०५९९४ टेलिफोनमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?