Comments Add Comment

कुवेतविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

२९ कात्तिक, काठमाडौं । विश्वकप छनोट फुटबलको दोस्रो चरण अन्तर्गत कुवेतविरुद्धको दोस्रो लेगको लागि नेपाली टिमको घोषणा भएको छ ।

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक योहान कालिनले २३ सदस्यीय नेपाली फुटबल टिमको घोषणा गरेको हो । नेपालले यहि मंसिर ३ गते भुटानमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा हुने भनिएको आफ्नो होम खेल दशरथ रंगशाला तयार नभएको कारण भुटानमा खेलाउन लागिएको हो ।

टिम नेपाल

गोलकिपर : किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी, अजित भण्डारी, रञ्जित धिमाल

मिडफिल्डर : सुनिल बल, अञ्जन विष्ट, विक्रम लामा, रवि पासवान, मिक्चेन तामाङ, रोहित चन्द, सुजल श्रेष्ठ, सन्तोष तामाङ, तेज तामाङ

फरवार्ड  : भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्तिमगर र अविषेक रिजाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment