Comments Add Comment

वीरगञ्जबाट लागूऔषधसहित ३ जना पक्राउ

३ मंसिर, काठमाडौं  । वीरगञ्जबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवापुरको हेटौंडा उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीय सोमनाथ फुईया, लमजुङका २४ वर्षीय गणेश भण्डारी र सोही ठाउँ बस्ने सुरज गुरुङ रहेका  छन् ।

उनीहरुको साथबाट प्रहरीले लागूऔषध डाइजेल्याप १२ एम्पुल, नुर्फिन १२ एम्पुल र फेनारगन १२ एम्पुल बरामद गरेको छ ।

प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा तीनै जनालाई वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट उक्त परिमाणको लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment