Comments Add Comment

तोरीको तेल उद्योगमाथि मुद्दा दायर

४ मंसिर, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक तोरीको तेल उत्पादन गर्ने उद्योगविरुद्ध दूषित खाद्य पदार्थ उत्पादन आरोपमा मुद्धा दायर गरेको छ ।

जिल्ला अदालत ललितपुरमा मंगलबार बुझाइएको मुद्धामा उद्योग सञ्चालकलाई ५ वर्ष कैद र ५० हजार जरिवाना माग दावी गरिएको छ ।

विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनका अनुसार किसान र त्रिवेणी ब्रान्डको तेल उत्पादन गर्ने उद्योगमाथि कालोवजारीको मुद्दा हालिएको हो । सो उद्योगले उत्पादन गरेको तेलमा उपभोक्ता स्वास्थ्यका लागि हानिकारक पी डिमेथिय लामिनो अजाबेन्जन नामक रङ्ग मिसाइएको भेटिएको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले जानकारी दिइन् ।

विभागमा परेको लिखित उजुरीपछि ललितिपुरको सुनाकोठीमा रहेको ओम आयल मिल तथा चितवनको खैरहरीनमा रहेको ओमकार आयल इन्डष्ट्रिजमा छापा मारेर विभागले कारखानामा उत्पादित तथा स्टक तेल जफत गरिसकेको छ । अनुसन्धानमा खटिएको विभागको टोलीले ललितपुर महानगरपालिका २७, सुनाकोठीबाट उद्योगमा उत्पादित ‘किसान’ र ‘त्रिवेणी’ ब्रान्डको आठ हजार २ सय ५० लिटर तेल जफत गरेर उद्योग सिलबन्दी गरेको थियो ।

विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षण गर्दा तेलमा स्वास्थ्यलाई प्रतिकुल असर हुन सक्ने अखाद्य रङ्ग मिसाइएको पुष्टि भएको थियो । विभागले अनुसन्धानको सबै प्रक्रिया पुरा गरेर जिल्ला अदालत ललितपुरमा बुधबार मुद्दा बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment