Comments Add Comment

मापसे चेकजाँच गर्ने असई नै नशामा !

६ मंसिर, विराटनगर । मापसे चेकजाँचमा खटिएका प्रहरी नै नशामा भेटिएपछि कारवाहीका लागि तानिएका छन् ।

मापसे चेकजाँचका लागि विराटनगरको आयल निगम अगाडि खटिएका प्रहरी सहायक निरीक्षक (असइ) ताराबहादुर बस्नेत आफै नशामा भेटिएपछि कारबाहीका लागि तानिएका हुन् ।

बिहीबार साझ मदिरा सेवन गरी सवारी चालकले मापसे गरे नगरेको जाँच गरिरहेका थिए । नेपाल आयल निगम नजिकै रहेको प्रहरी चौकी इञ्जार्च रहेका बस्नेतलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झिकाइएको मोरङका डिएसपी राजकुमार खिइजूले बताए ।

‘शंका लागेर जाँच गर्दा सामान्य मापसे गरेको देखियो’ खिइजूले भने ‘विभागीय कारवाहीको तयारी भइरहेको छ ।’ कोशी अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट बस्नेतले मापसे गरेको पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment