+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

तापसी भन्छिन्–‘नायक–नायिकाको पारिश्रमिक अन्तरले रिस उठ्छ’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ८ गते १३:०४

तापसी पन्नु पछिल्लो समयकी उदयमान बलिउड नायिका हुन् । एकपछि अर्को चलचित्रमा उनले गरेको अभिनयले चर्चा पाइरहेको छ । उनै, तापसीेले एक शोजमा बलिउडमा नायक–नायिकाविच हुने पारिश्रमिक अन्तरको बिषयमा बोलेकी छिन् । नायिका नेहा धुपियाको शोजमा पुगेकी तापसीले भनिन्–‘मलाई यो कुराले निकै नै असर गरेको छ । जब मलाई आफ्नो हिरोले लिने पारिश्रमिकको ५–१० प्रतिशत मात्र दिइन्छ, मलाई रिस उठ्छ ।’

तापसी अगाडि भन्छिन्–‘बक्स अफिसको सफलताले यो कुराको निर्णय हुन्छ कि, मलाई आउँदो चलचित्रका लागि कती पारिश्रमिक दिन आवश्यक छ । मलाई लाग्छ, यो विभेद विस्तारै कम हुँदैछ । तर, यो निकै नै अनुचित नियम हो । यो बलिउडमा मात्र होइन, विश्वका अधिकांश चलचित्र नगरीमा हुन्छ जस्तो मलाई लाग्छ । हामी यहाँ छौं यसकारण यहाँको बिषयमा हामीलाई बढी थाहा छ ।’

तापसीले चलचित्र ‘साँड कि आँख’को बक्स अफिस सफलताले पनि पारिश्रमिकको हकमा केही समानता ल्याउनेमा आशावादी रहेको बताएकी छिन् । उनी भन्छिन्–‘पहिले कुनै नायिका केन्द्रित चलचित्र तिहारमा रिलिज हुँदैनथ्यो । जहिले पनि दुई नायकका चलचित्र मात्र बक्स अफिसमा भिड्थे । अब, यो विस्तारै हट्दै जानेछ ।’

चलचित्रमा नायकको जस्तै मिहिनेत गर्दा पनि पारिश्रमिक कम पाएकोमा तापसीले चित्त दुखेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?