Comments Add Comment

कानूनमा पदभार सम्हाल्दै उपेन्द्र यादवले भने- प्रधानमन्त्रीले बढी नै माया गर्नुभयो

कानून मन्त्रालयमा पदभार ग्रहण गरेपछि उपप्रधानमन्त्री यादव । तस्वीर : विकास श्रेष्‍ठ/अनलाइनखबर

९ मंसिर, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबारबाट कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । निजी गाडी चढेर मन्त्रालयमा आएका यादवले पदभार ग्रहण गर्दै प्रधानमन्त्रीले आफूलाई बढी नै माया गरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा यादवको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खोसेर कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

यो पनि पढ्नुहोस कानूनमन्त्री यादवलाई पदभार ग्रहणमा ९ प्रश्न

यसबारे प्रधानमन्त्रीले तपाईंसँग परामर्श गर्नु भएको थियो ? भन्ने पत्रकारको प्रश्नमा मन्त्री यादवले भने, ‘धेरै मन्त्रालयको अनुभव होस्, अनुभवी नेता बनोस् भनेर पठाएको हुनसक्छ । अर्को विषय मिल्ने मन्त्रालयमा पठाउँ भनेर पनि हुनसक्छ । अलि बढी नै माया गरेर पनि हुनसक्छ ।’ उनले मन्त्री हेरफेर प्रधानमन्त्रीको विशेषाधिकार भएको बताए ।

उनले संविधान संशोधन गर्ने सहमति कार्यान्वयन गर्ने बेला आएको पनि बताए । उनले भने, ‘संविधान संशोधन राजनीतिक विषय हो, हामीले यसअघि नै सहमति गरिसकेका छौं । अब कार्यान्वयन गर्ने बेला आएको छ ।’

यो पनि पढ्नुहोस उपेन्द्र यादवले कानुन मन्त्रालयबाटै संविधान संशोधनको पहल गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment